धनगढीको दृष्टि फाउण्डेसनको भवन निर्माणमा स्थानीयको अवरोध
बोलन्या थली |
३१ जेष्ठ २०७७, शनिबार
धनगढीको दृष्टि फाउण्डेसनको भवन निर्माणमा स्थानीयले अवरोध गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरीमा निर्माण हुने भवनमा स्थानीयले अवरोध गरेका हुन्।
धनगढी उप–महानगरपालिकाले चार किल्ला प्रमाणित गरेसकेर भवन निर्माणका लागि बजेट बिनियोजन भैसकेको अवस्थामा भवन निर्माणको कामलाई अगाडी बढाउने शिलसिलामा स्थानीयले अवरोध गरेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताईन्।
अहिले भवनको अभावमा अलपत्र परेका महिलाको उद्दार गर्न कठिन भैरहेको उनले बताइन् । यस संस्थाको भवन निर्माणमा विनियोजन गरिएको बजेट फिरिज नहुन दिन सबैको सहयोगको अपेक्षा गरेको बताइन् ।