सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज
बोलन्या थली |
३१ जेष्ठ २०७७, शनिबार
संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेको हो ।
गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको टिप्पणी विधेयक शाखाबाट गएको थियो ।