कलम उठाउने दिन आयो (कविता)

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
कलम उठाउने दिन आयो (कविता)

नेपाली सभ्यता हराएर, बिदेशी संस्कार आयो
जब देशले केही गर्न खोज्यो, छिमेकिको हस्तक्षेप आयो ।।
बिश्वभरी कोरोनाको महामारी फैलियो, आफुलाई रुघा भन्ने दिन आयो ।।

आफनै पुर्खाको रगतले रचेको देश छोडेर,
विदेश गएर मर्ने दिन आयो
त्येसैले भन्छु साथी हो, कलम उठाउने दिन आयो ।।

के गर्छौ मानवताका कुरा,
१३ बर्षको बालिका बलात्कार गरि हत्या गर्ने दिन आयो
सम्पतिका लागि दाईभाईको मारकाट हुने दिन आयो ।।

देशमा महिला अधिकार छ भनिन्छ, तर किन छोरीको आखाबाट आँसु आयो ।।
आखाभरी सपना बोकेकी छोरीको मुखमा तेजाब छर्की
भाग्ने दिन आयो

त्येसैले भन्छु साथी हो, कलम उठाउने दिन आयो ।।

# जानभी जोशी

                                           

जनाअवजको टिप्पणीहरू