डा. जोशी क्वारेन्टाइन मै पुगेर हौसला दिदै

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
डा. जोशी क्वारेन्टाइन मै पुगेर हौसला दिदै


नेकपा सुदू्रपश्चिम प्रदेश कमिटी सदस्य तथा नेकपाका बौद्धिक नेता डा. तारा जोशी जिल्लाका विभिन्न क्वारेन्टाइनमा पुगेर क्वारेन्टाइनमा बसेकाहरुलाई हौसला र उनीहरुका गुनासा सुनिरहेका छन । क्वारेन्टिन पुगेर भेटघाट गरि कोरोना भाईरस, पिसीआर परिक्षण तथा आरडिटी परिक्षणबारे प्रष्ट गर्ने गरेका छन् ।
गन्यापधुरा, नवदुर्गा, अजयमेरु, भागेश्वर गाउँपालिका तथा अमरगढी नगरपालिका अधिकाश क्वारेन्टिनहरु पुगे उनीहरुसंग भेटघाट तथा परार्मश गरिरहेका छन् ।

पछिल्ला ८ दिनमा उनले जिल्लाका ५ स्थानीय तहका ६० भन्दा बढी क्वारेन्टिनमा बस्ने नागरिकलाई भेटेको छन। यो क्रममा केही क्वारेन्टिनमा जनप्रतिनिधीहरु १४ दिनसम्म पनि नगुगेकाले समस्याहरु आएको बताए ।
डा. जोशीले भने , ‘ अधिक क्वारेन्टिनहरुमा धेरै साना – साना समस्या पनि जनप्रतिनिधीहरु नपुगेर समाधन भएका छैनन तर जनप्रतिनिधीहरुले अहिले गरेको कार्य ३ बर्षकै तारिफयोग्य छ , धेरै जसो वडाध्यक्ष तथा पालीका अध्यक्षहरु क्वारेन्टिनमा जान डराउनाले उनीहरुमा आक्रोश देखिन्छ । ’ उनले भने,
अधिकाशं अहिले क्वारेन्टिनमा खानेपानी , शौचालय , बस्ने दुरी , खाना व्यबस्थापन , भारतबाट आएकाहरुको भारु पैसा नचल्ने लगायतका समस्या देखिएका छन् ।
जोशीले भने , ‘अहिले उनीहरुलाई समाजीक दुरीको नाममा अपमान समुदायले जुन गर्दै छ त्यो पनि निकै दैनिय छ , क्वारेन्टाइन बसेकाहरुको रुपियाँ मात्र हैन समाजले ढोक समेत चलाएको छैन । ’

अब कोरोनासंग हामीले जितेपछि ठुलो अर्को महामारी बेजगारीको कसरी सामना गर्ने भन्ने बारे पनि अबको छलफल केन्दीत रहने बताउछन ।
डा. जोशी सुप प्रदेशका पहाडी जिल्लाबाट जनसंख्यायिकी बसाइँसराइ रोक्न पहल गर्ने नेता हुन । उनकै नेतृत्व र अबधारणामा पहाडी जिल्लाको सबैको साझा स्वामित्व हुने ७७७ शेयर सदस्य रहेको भटमास उद्योग खुलेको छ ।

जनाअवजको टिप्पणीहरू