वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टि
बोलन्या थली |
३१ जेष्ठ २०७७, शनिबार
वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ।


