सरकार १०,००,००,००,००० खै….?

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
सरकार १०,००,००,००,००० खै….?

कोरोना नियन्त्रण रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म देशब्यापी रुपमा युवाहरु आन्दोलित भएका छ्न ।

सरकारका विरुद्द काठमाडौंमा सुरु भएको विरोध प्रदर्शनक पोखरा हुँदै विराटनगर, धनगढिका शहरमा बिरोध भईरहेका छन ।

१० अर्ब खोइ, पीसीआर परीक्षण बढाउनुपर्ने, आरडीटी परिक्षण रोक्नु पर्ने, भ्रष्टाचारीलाई कारवाही गर ,सासंदको भात पाक्ने,जनतालाई भात नपाक्ने, प्रदेश सरकार तिम्रो पाराले,दुख पायो साराले जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छ्न ।
तीन तहकै सरकारले जनताको लागि काम गर्न नसकेको भन्दै क्वारेन्टाइनमा रहेकाहरुलाई सेवा सुविधा दिनुपर्ने माग गरेका छन् । सरकारले आरडीटी टेष्ट गरेर टार्ने गरेको भन्दै विरोध गरेका थिए । 

जनाअवजको टिप्पणीहरू