संस्मरण : प्रेमका ताल्चाहरु !

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
संस्मरण : प्रेमका ताल्चाहरु !

संयाेग पनि खुब टुप्लुकिएकाे थियाे त्यहि दिन । म प्रेमिल जाेडिहरूका ताल्चाहरुको सङ्ग्रहालय हेर्न दक्षिण काेरियाकाे सउल स्थित एक सय आठ तले बिल्डिङकाे फेदबाट टुप्पाेतिर उक्लिरहेको थिए । मान्छेहरूकाे घचिघचाउ लिफ्टमा म एक्लाे छु भन्न बढाे मुस्किल परिरहेकाे थियाे , त्यहिबेला भिडियाे कल गरेर मुन्टिएकाे साथिकाे नामकाे जासुसेलाई उत्सुकताको गन्तव्य उतिखेरै भेटीसकेकाे रहेछ। भर्याङ चढ्न पर्या ‘भाे बेर लाउनी ! एक सय आठ तले गगन चुम्बी बिल्डिङकाे टुप्पाेमा रहेको त्यस सङ्ग्रहालय नियाल्दा लाग्थ्यो यहाँ लाखौ जाेडिहरूले सम्बधका ताल्चाहरु झुण्ड्याएर छाेडिरहेका छन ।के ति सबै सम्बन्धहरु यि ताल्चा जस्तै सङ्गै हाेलान त ? प्रश्न मन – मनै हुँडलिरहेकाे थियो । त्यहिबेला कतैबाट मष्तिष्कमा एक पित्को रहर हुत्तियर आयो । फेसबुकमा लाइभ हालेर नेपाल सम्मै पुर्याउ पुर्याँउकि क्यार ? एस्क्युज मी ! … यहि बेला कुन मुन्टियाे फेरि ? लाइभको रातो भित्तामा चुनाबि औलो थिच्न ठिक्क थिए । हामिहरुको फाेटाे खिच्दिनुन है । आफ्नो मोबाइलाइ लुसुक्क खल्तिमा हालेर उनिहरूकाे अनुहारतिर उचालिँए । ति मध्ये एउटी आकर्षककाे केन्द्रबिन्दु बनि । लाग्थ्यो यी दुबै जापानीज अनुहारहरु हुन । भयाे भो नजाने गाँउकाे बाटै नसोधु । मनमा नलागेको पनि होइन फाेटाे खिचिदिए बापत परिचय मागु कि ? तपाइ पनि ताल्चा झुण्ड्याउन आउनुभा ? राम्री लाई उछिनेर उ भन्दा नराम्री चाँहि बाेलि । एकलकाँटे ताल्चाको यहाँ अस्थित्व हुदैन ,मोबाइलको फ्रेममा उनिहरुको आकृति मिलाउदै म बाेलेँ । जाेडि ताल्चा भेट्नु भएन ? उहि अनुहार मन नपरेकि फेरि प्याच्चै बोलि । ताल्चाहरु खिया लागेर चुड्न सक्छन् , चुँढिनेहरू भेटिएर पाे के अर्थ ? माैकामा एक अंश खुत्रूक्क छिराँए । फाेटाहरू अझै खिच्दिनु है । हैन कति जान्नि पल्टिनु परेकाे यसैलाई । उ किन बाेल्दिन , राम्रिचाँहि ? उनिहरू फरक फरक पोजहरुमा आँफुहरूलाई ढाल्नमा ब्यस्त थिए । समस्या भित्रै अवसर खोज्न खप्पिस मँ , बिचित्रै राम्रि चाँहिकाे एक्लाे आकृति मोबाइलको फ्रेममा तानिरहेको थिए । अर्कि पनि मख्खै होलि म पनि फ्रेममा छु भनेर । यिस ~~ अर्किचाँहि फक्लक्क पाकेको कटरकाे खाेँया जस्तै रसिलि थिई । क्वाप्पै खाईहालुँ जस्ति । साेँच्दै थिए , उ बोलि भने मात्रै उस्को मुखबाट स्वादको रस् बग्नेछ त्याे कति स्वादिलाे हाेला ? घाँटिबाट मुढेकाे कपालमा जिन्सकाे हाफ् पाईट र कालाे ओभरकाेट उस्काे पातलाे र अग्लाे शरिरमा खुब जमेकाे थियाे । हातमा कालाे ग्लप्स । सिल्भर माछा जस्तै सुलुत्त बगेकि थिई उ । गाेराे बाटुलाे अनुहारमा खुब् सुहाएका उस्का ठुला आँखाहरू बाक्लो आँखिभाैँले सुरिला रेखा काडेका थिए । घरि घरि उ खिस्स हाँस्दा गालामा खुब् सुहाँउदा खाेबिल्टा पर्ने रहेछन्। मोरिले चुङ्यायर पो जानिभै । आँट्न के जन्छर तेरो । अन्मतरमनले मलाई नघुच्याएकाे पनि होइन । भयो भाे फुर्ति नछाड् अर्का मुलुकाँ। लुते मन बिचमा खुस्रुक्क छिरेर डिस्टब पाे गर्यो । अस्त्तरो मोरो …. । अब यो लास्ट है सर ।त्यहि अनुहार नपरेकि बोलि । फाेटाे हाेईन भिडियाे । माेरिजास् ,फेरि त्यहि पो अघि सरि । मेरो हातबाट थ्वात्त आफ्नो फोन थुतेर फाेटाे बाट भिडियाे तिर सारि अनि मेरै हातमा थमायर तिनै ताल्चाहरुको भिडतिर लागि । मैले रेकर्ड क्लिक गरेर ओके को बुढि औलो उठाँए त्यसपछि हजारौँ ताल्चाहरुको त्यो भिडमा ति दुबैले खोतल्न थाले । एक्कासि माेबाईल च्याँपिरहेका मेरा औलाहरु थर्रर भए । त्यहि राम्रिचाँहिले प्रेमिल ताल्चाहरूकाे भिडबाट खाेतलेर एउटा तल्चाजाेडि आफ्नाे आँखाकाे नजिक लगेर निहालेर हेरि । उस्ले त्यसो गर्दा ग्लप्स सङ्ग जाेडिएकाे ओभरकाेटकाे बाहुलाहरू सुलित्त कुहिनातिर खुम्चिए।देखेँ, उस्का दुबै हातहरू प्लास्टिकका थिए । उस्का आँखाहरूमा अबिरल आँशुहरू थामिएका थिएनन् । लाग्थ्याे, उ क्षणभरमै बसन्तऋतुबाट बर्षात ऋतमा फर्कि । त्यसपछि उ मेराे नजिक आई अर्थात् क्यामेराकाे र ओठहरू मात्रै चलाएर मनका भावनाहरू बाेलि यद्ध्यपि ति आवाज बिहिन थिए । रहस्य झन जटिल बन्याे उ बाेल्न पनि नसक्नेरहेछ । भिडियाे सेशन सकिएर छुटिबेला बोल्ने चाहिले मलाई धन्यवाद दिँदै भनि ,सम्बन्धका ताल्चाहरू तब मात्रै चुकुलसित् जाेडिने रहेछन जब तपाई सँङ्ग सबथाेक् हुन्छ । सडक दुर्घटनामा परि मेरि साथिले हातहरू र आवाज गुमाई बदलामा यहि आएर गाँसिएकाे जिबन्तकाे प्रेम गुमाई । भन्न सक्नुहुन्छ प्रेम ठुलाे कि शारिरिक अंग ? सिस्नाे पानिले झ्याम्म हानेझैँ भएकाे थियाे मेराे अनुहार जब उ त्यत्ति बाेलेर मेराे हातकाे आफ्नाे माेबाईल र साथिकाे नक्कलि हात तानेर गई ! अनुहार राम्रि तर परिस्थिति बिग्रेकिले लिफ्टकाे ढाेका ढ्याप्प हुनेबेला मलाई पुर्लुक्क हेरि म एक ट्वाल्लले । परिस्थितिले छुट्टयाईएका ताल्छ्हरु भुँईमा त्यत्तिकै असरट्टै थिए त्यसपछि मलाई त्यहाँ अढिन मन् लागेन ! समय न रहेछ मिलन बिछोड को सँग कता भेट हुने ।
अशोक डुम्रे
द. कोरिया

जनाअवजको टिप्पणीहरू