डडेल्धुरामा कोरोना परिक्षण मेसिन खरिदका लागि मिश्र जनरल स्टोरद्वारा १ लाख रुपैया सहयोग


डडेल्धुरामा कोरोना परिक्षण मेसिन खरिदका लागि मिश्र जनरल स्टोरले एक लाख रुपैया सहयोग गरेको छ ।
ह्युमानिटी फाउण्डेसन तथा सुदूर पश्चिम समाज अमेरिका तथा बिश्वभर रहेका सुदूरपश्चिमेलीहरुद्धारा सञ्चालित सहयोग संकलन अभियानमा मिश्र जनरल स्टोरका सञ्चालक खेमराज मिश्र र उनका छोराहरु लिला राज मिश्र, टीकाराम मिश्र,गणेश मिश्र र प्रशान्त मिश्रले पीसीआर खरीद अभियानमा एक लाख रुपैया सहयोग गरेका हुन् ।
पूर्वी नेपालको ताप्लेजुङ पुख्र्यौली घर भई सुदूरपश्चिमलाई कर्मथलो बनाएका मिश्रले सामाजिक उत्तरदायीत्व बहन गर्दै राज्यलाई विपत्ति परेको बेला सहयोग गरेको बताए ।
यस्तै भारतको पलियामा व्यवसाय गर्ने निक्की गार्मेन्टका सञ्चालक सुशिल गुप्ता र सञ्जय गुप्ताले पनि ११ हजार रुपैया सहयोग गरेका छन ।