धनगढीमा सरकारविरुद्ध प्रदर्शन

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
धनगढीमा सरकारविरुद्ध प्रदर्शन

धनगढी,जेठ ३० । कोरोना भाईरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदर्शन भएको छ ।

संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त रुपमा धनगढी प्रदर्शन गरेका हुन् । देशका विभिन्न ठाउँहरुमा आन्दोलन भईरहदा कैलालीको धनगढीमा पनि युवाले स्वस्फूर्त रुपमा सडकमा उत्रिएका छन ।

धनगढीको सडकमा बिहान ९ बजेतिर हातमा प्लेकार्ड बोकेर युवाहरु सडकमा उत्रिएका हुन । उनीहरुले सांसदको भत्ता पाक्ने नागकिको भात नपाक्ने ? क्वारेन्टाईन गोठ जस्तो क्वाटर महल जस्तो किन सरकार ? कोरोना भाईरस मौलायो मेरो सरकार बौलायो जस्ता नाराहरु सहित प्रदर्शन गरेका हुन ।

सरकारले कोरोना नियन्त्रणमा गर्न कुनै चासो नदिएको भन्दै सडकमा उत्रिनु परेको धनगढीका सिद्धराज पनेरुले बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

जनाअवजको टिप्पणीहरू