कबिता : मित्रता !

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
कबिता : मित्रता !

मित्र …!
तिमि कता म कता
फरक छ है धेरै धेरै ।
आ – आफ्नै संसार
म आफ्नै ध्यानमा, मग्न
तिमी आफ्नै ब्यस्ततामा,
मगज फरक, तर बिवसता
बेग्लै ।
सुनेको छु तिम्रो जिम्मेवारी र समाजप्रतिको मियो,
चिराग भएर आउदैछ ।
बुझेको छु , सम्भावना खनिएर आउदैछ , तिमि भित्र ।
दिलो ज्यानले हर्षित छु , म आफै ।
समर्पण र त्याग बुझेको छु अनि स्वीकारेको छु ।
भिन्नता अंगालेको छु , मनभित्र ।
भावना संगालेको छु आफैसित ,
भनेपछि पोखौला , कुनैदिन
के हो मित्रता ? जो म भित्र छ, संगै छ, बहिरहे छ ।
कर्णाली , कोशी जस्तै ! काली जस्तै !!

अमर मित्र साउद
परशुराम १२ , डडेलधुरा
( लेखक – बोलन्या थलीका संस्था / सम्बन्धका लागी एडभाईजरी प्यानल सदस्य हुन )

जनाअवजको टिप्पणीहरू