डोटीको पूर्वीचौकी गाउँपालिकालाई ५१ हजार सहयोग

बोलन्या थली | २९ जेष्ठ २०७७, बिहीबार
डोटीको पूर्वीचौकी गाउँपालिकालाई ५१ हजार सहयोग

डोटी ,जेठ २९ । कोरोना महामारीसंग जुझ्नका लागि सघाउ पुर्याउन नेपाली कांग्रेस डोटीको पूर्वीचौकी गाउँपालिका इकाई कमिटीले गाउँपालिकालाई ५१ हजार सहयोग गरेको छ ।

बिहिवार गाउँपालिकाको कोरोना कोषमा उक्त रकम जम्मा गरेर सो रकमबाफतको भौचर नेपाली काँग्रेस पूर्वीचौकीका संयोजक नवराज खड्काले गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीलाई हस्तान्तरण गरे ।सो रकम हस्तान्तरणपछि नेपाली काँग्रेसका नेता रामप्रसाद उपाध्यायले कोरोनाको महामारीसंग जुध्न काँग्रेस गाउँसरकारसंगै रहेको प्रतिक्रिया दिए । 

अर्का नेता बमबहादुर कठायतले गाउँपालिका, तथा प्रदेश र संघ सरकारले विपतको सामना सुझबुझपूर्ण ढंगबाट गर्नुपर्ने बताए । काँग्रेस गाउँपालिका संयोजक खड्काले विपत्तिमा जनता जोगाउन आवश्यक सहयोग र सहकार्य गर्न काँग्रेस तयार रहेको सन्देश दिन यो रकम प्रदान गरेको बताए ।

गाउँपालिका अध्यक्ष बोगटीले उपलब्ध रकमले कोरोना महामारीसंग जुझ्न सहयोग पुग्ने भन्दै धन्यवाद दिए ।हस्तान्तरणका क्रममा काँग्रेस नेताहरू बलबहादुर खड्का, कुबेर खड्का, नेविसंघका नेता रेशमबिक्रम खड्का लगायतको पनि सशभागिता रहेको थियो ।

जनाअवजको टिप्पणीहरू