कञ्चनपुरमा १५ वर्षीय बालिका बलात्कृत
बोलन्या थली |
२९ जेष्ठ २०७७, बिहीबार
कञ्चनपुर ,जेठ २९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा १५ वर्षीय बालिका बलात्कृत भएकी छिन । घर भित्र एक्लै सुतिरहेको मौका छोपी घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी बालिकामाथि बलात्कार गरेको बालिकाको आरोप रहेको छ ।
बलात्कारको आरोपमा बेलौरी नगरपालिका–७ पौलाहकै बिरु चौधरी नाम बताउने २५ वर्षीय युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन ।
बलात्कार आरोपमा पक्राउ पर्ने युवक बालिकाकै छिमेकी हुन । उनलाइ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको समेत प्रमुख प्रहरी निरीक्षक चन्दले बताए ।उनका अनुसार बालिकाको विस्तृत स्वास्थ्य परीक्षणका लागि उनिलाई सेती प्रादेशिक अस्पताल लगिएको छ ।