पूर्व आइजीपी रमेश चन्द ठकुरी रिहा
बोलन्या थली |
२९ जेष्ठ २०७७, बिहीबार
पूर्व आइजीपी रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । नेपाल प्रहरीको बहुचर्चित सुडान भ्रष्टाचार प्रकरणमा जेल परेका नेपाल उनी आज जेलमुक्त भएका हुन् ।
अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा पुनरावेदन माग गरेका थिए । अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।
प्रहरीको सुडानस्थित शान्ति मिसनलाई खरिद गरेको एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता गरेको अभियोगमा उनीसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो