सरिता गिरीको अन्तर्वाता हेर्दाहेर्दैै एक युवकले यसरी टिभी फुटाए (भिडियोसहित)
बोलन्या थली |
२९ जेष्ठ २०७७, बिहीबार
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीसँग ऋषि धमलाको अन्तवार्ता प्रसारण भइरहँदा एक युवकले आफ्नो टेलिभिजन फुटाएका छन् । प्राइम टाइम टेलिभिजनमा अन्तवार्ता प्रसारण भइरहँदा सिमाबारे गिरीले विवादास्पत अभिव्यक्ति दिएकी थिइन् ।
धमला लिम्पियाधुरा नेपालको हो र जनता पनि त्यही भनिरहेका छन् नि भनी प्रश्न गरिरहेका थिए । गिरीले लिम्पियाधुरा नेपालको होइन भनिन् । उनले पटक पटक त्यो नेपालको होइन र प्रमाण पनि छैन भनी उत्तर दिएपछि युवकले टेलिभिजनमा प्रहार गर्न थाल्छन् । उनी आक्रोशित भई टिभी फुटाइदिन्छन् ।
यसअघि प्राइम टाइम टेलिभिजनमा सरिता गिरीले अन्तवार्ताका क्रममा लिम्पियाधुरा नेपालको होइन भनी अभिव्यक्ति दिएपछि विवादमा आएकी थिइन्