कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


धनगढी,जेठ २८ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ४ का २९ वर्षीय भक्त खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिका बुढीतोलबाट खानीडाँडा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००८ प ४०३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका खनालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतिक विष्टले बताए ।