सुदुरपश्चिममा पहिलो पटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार
सुदुरपश्चिममा पहिलो पटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

धनगढी,जेठ २७। सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिइको छ । सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सुचनामा कोरोना पुष्ठि भएका ३७ जना मध्ये ३ जना कञ्चनपुरमा कार्यरत प्रहरी रहेको बुझिएको छ ।

दुई जना महिला र एक जना पुरुष गरी ३ जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी उत्तमराज सुबेदीले बताए ।

कंचनपुरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्वारेन्टिन सुरक्षार्थ खटिएको एक जनालाई कोरोना पोजिटिभ भएको डिआइजी सुबेदीले बताए । उनले कोरोना संक्रमितको महाकाली अस्पतालको आईसोलेशनमा उपचार भैरहेको बताए ।

जनाअवजको टिप्पणीहरू