विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारी थप भयावह हुने चेतावनी
बोलन्या थली |
२७ जेष्ठ २०७७, मंगलवार
विश्वव्यापी दैनिक कोरोना संक्रमणमा आइतबार नयाँ रेकर्ड बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
सोमबार संगठनले कोरोनाको महामारी थप भयावह हुने चेतावनी दिदैं संक्रमण कम हुँदै गएका मुलुकलाई थप सचेत हुन चेतावनी दिएको छ।
‘बितेका १० दिनमा ९ दिन १ लाखका दरले नयाँ संक्रमित रिपोर्ट भएका छन्’, संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयसस भने, ‘हिजो(आइतबार) १ लाख ३६ हजार नयाँ संक्रमित रिपोर्ट भएका छन्, यो आजसम्मकै उच्च हो।’
उनले सोमबार रिपोर्ट भएका संक्रमितमध्ये तीन चौथाई संक्रमित १० मुलुकबाट रहेको बताए। अधिकाशं संक्रमित अमेरिका र दक्षिण एसियाबाट भएको जानकारी उनले दिएका छन्।