बैतडीको पाटनमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोट नेगेटिभ
बोलन्या थली |
२७ जेष्ठ २०७७, मंगलवार
बैतडीको पाटनमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोट नेगेटिभ आएको छ । गत शनिबार बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका पाटन ६ सन्तोलीका ३० बर्षीय हरिश लुहारको मृत्यु भएको थियो । सोहीदिन भारतबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएका थिए । बेहोस भएका लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि पुर्याउँदा स्वास्थ्य केन्द्रमै ज्यान गएको थियो । धनगढी स्थित प्रयोगशालामा पिसिआर मार्फत परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।