असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने : स्वास्थ्य मन्त्री

बोलन्या थली | २६ जेष्ठ २०७७, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगामी असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा सासंदहरूले पिसिआर परीक्षणको विषयलाई लिएर उठाएको प्रश्नको जवाफमा मन्त्री ढकालले ठूला मेसिन किनेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी भएको जनाए।

असार १५ देखि प्रत्येक दिन १० हजार जनाको पिसिआर रिपोर्ट दिनसक्ने गरी व्यवस्थापनमा जुटेको मन्त्री ढकाल बताए ।

जनाअवजको टिप्पणीहरू