अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका ब्यक्तिको उपचारका क्रममा मृत्यु


अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। बयलपाटा अस्पताल अछामबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजी घाइते भएका थिए । बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।
दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए। आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो।