अमेरिका चिन मिलेर कोरोना भाइरस प्रयोगशालामा बनाइएको बैज्ञानिकको दाबी
विश्वभर फैलिएको कारोना भाइरस (कोभिड १९) प्रयोगशालामा बनाइएको चिन र अमेरिका बिच आरोपप्रत्यारोप हुँदै आएको छ । अमेरिकाले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको आरोप लगाएको थियो । त्यसका लागि अमेरिकालाई शंकास्पद प्रयोगशालामा अध्ययन अनुसन्धानको अनुमति दिइनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति समेत दिएका छ्न । जवाफमा चीनका विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले कोरोना भाइरस अमेरिकी सैनिकले वुआनमा ल्याएको आरोप लगाए ।
तर एक जना बैज्ञानिकले कोरोना भाइरस प्रयोगशालामा बनाइएको प्रमाण रहेको दाबी गरेका छन् । उनले कुनै एक देशलाई नभई चीन र अमेरिका दुवैलाई कोरोना भाइरसको विकास गरेको आरोप लगाएका छन् । दुवै देश मिलेर भाइरस बनाएको उनको ठहर छ ।
ती वैज्ञानिक हुन्, नर्वेका बिर्गर सोरेन्सन । उनले कोरोना भाइरस प्रयोगशालामा बनाइएको दाबी गरेका हुन् । सोरेन्सन र ब्रिटिश प्राध्यापकको अध्ययन अुनसार कोरोना भाइरसबाट उत्पादित स्पाइक प्रोटिनलाई भाइरसमा कृत्रिम रुपमा सम्मिलित गरिएको हो । भाइरसको अपरिवर्तित गुणले यसलाई मानव निर्मित भएको तर्क गरिएको छ ।