थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

बोलन्या थली | २६ जेष्ठ २०७७, सोमबार
फाइल फोटो

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू