विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग

बोलन्या थली | ३ बैशाख २०७७, बुधबार
विपन्न घरपरिवारलाई  खाद्यान्न सहयोग

बोलन्या थलीले सन्चालन गरेको आश्रय-अड्डाबाट दाना पानी अभियानको चौथो दिन मङ्गलबार धनचौरी सुकुम्बासी  शिविरमा रहेका २३ घरपरिवारलाई  नुन , तेल , दाल , चाउचाउ, मसला सामाग्री बितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । 

उक्त दाना पानी अभियानलाई मनोज कुमार चन्द , दीपेन्द्र शाह , पंकज शर्मा , बिक्रम बोहरा , उत्तम ओझा र गड्शेरा डोटी निवासी एक युवा (नाम खुलाउन नचाहने) ले सहयोग गरेको संयोजक जोशीले बताए । 

दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने समस्यामा रहेका परिवारलाई बोलन्या थलीले सहयोग गर्दै आएको छ । 

यस्तै बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ भने पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्य र गन्तव्य स्थान पुग्न नसकेका ब्यक्तिका लागि धनगढीमा आश्रय-अड्डा संचालन गरेको छ ।

जनाअवजको टिप्पणीहरू