बोलन्या थलीद्धारा महाकालीमा हाम फालेर स्वदेश आएका युवालाई आर्थिक सहयोग


बोलन्या थलीले महाकालीमा हाम फालेर स्वदेश आएका डिलाशैनी गाउपालिका १ कोटपेटराका ४८ बर्षिय इन्द्र राज खत्रीलाई आर्थिक सहयोग गरेको छ । भारतमा कोरोनाको त्रास बढेपछि मंगलबार दिउँसो करिब १ बजे महाकाली नदी पारीपट्टि किनारमा हाम फाल्ने इन्द्र राज खत्रीलाई बोलन्या थलीले १० हजार सहयोग गरेको हो ।
बैतडी दोगडा गाउँपालिका ४ स्थायी घर भएका तथा नेपाल स्टाफ कलेजका अधिकृत शैलेन्द्र भट्टले बोलन्या थलीलाई गरेको सहयोग रकम बोलन्या थलीले मातृभूमीमा मर्छु भन्दै दार्चुलाको बोर्डरबाट माहाकालीमा हाम फालेर आएका खत्रिलाई सहयोग गरेको संयोजक यादब जोशीले बताए । उनले देखाएको देशप्रतीको प्रेमलाई सानो सहयोग गर्न पाउँदा निकै खुसी भएको जोशीले बताए ।
आफुसङ्ग लुगाको नाममा कटुमात्र रहेका बेला बोलन्या थलीले गरेको सहयोगले घरमा आसमा रहेका छोराछोरिलाई लुगाकपडा लग्न पाउँदा एकदम खुसी भएको बताए । उक्त रकम दार्चुलामा रहेका खत्रिलाई प्रदान गर्न योग गुरु भुवन धामी र गणेश धामीले सहयोग गरेका थिए ।
कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेको छ । तर, नेपालको सीमामा आएर नागरिक चिच्याइरहेका छ्न । बोलन्या थली सुदुरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आईरहेको छ ।