मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्री पठान बोहरालाई बर्खास्त
बोलन्या थली |
१४ पुष २०७७, मंगलवार
धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए। सत्तासिन पार्टी नेकपा फुटकाे संघारमा पुगेका बेला प्रधानमन्त्री केपी ओली समुहमा रहेका मन्त्री बाेहरालाई पदमुक्त गर्न प्रचण्ड-नेपाल नेतृत्वकाे समुहद्वारा मुख्यमन्त्री त्रिलाेचन भट्टलाई दवाव थियाे ।


