धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

बोलन्या थली | १३ पुष २०७७, सोमबार
धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य योजनाकार भनिएका आरोपित अमर भन्ने शुकदेव राना पक्राउ परेका छन् । उनी धनगढी उपमहानगरपालिकाका हुन । उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । 

घटना भएको अढाई महिनापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको गत कार्तिक १ गते निर्मम हत्या भएको थियो । हत्याको आरोपमा यसअघि, आठ जना पक्राउ परिसकेका छन् । 

जनाअवजको टिप्पणीहरू