कञ्चनपुरमा नेकपाका २ समूहबिच हात हालाहाल
बोलन्या थली |
१२ पुष २०७७, आईतवार
कञ्चनपुर । कञ्चनपुरमा ओली पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको छ ।
नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आज पार्टी कार्यालयमै हात हालाहाल भएको हो। पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो।