नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन

बोलन्या थली | ११ पुष २०७७, शनिबार
नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन

धनगढी ।  नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको हो ।

कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्।संसद विघटन गर्न पाइन्दैन, गौरीशंकर मुर्दावादलगायत नाराबाजी गर्दै पुतला दहन गरेका थिए। 

जनाअवजको टिप्पणीहरू