गायक चक्र बमले ल्याए भन साली तेरि दिदि काँ छ, देउडा फ्युजनमा ‘भन साली’

बोलन्या थली | ११ पुष २०७७, शनिबार
गायक चक्र बमले ल्याए भन साली तेरि दिदि काँ छ, देउडा फ्युजनमा ‘भन साली’

धनगढी : चर्चित गायक चक्र बमले भन साली तेरि दिदि काँ छ, देउडा गितको फ्युजनमा नयाँ गित ‘भन साली’ बजारमा ल्याएका छन् । गीतमा गायिक चक्र बम र गायिका लक्ष्मी आचार्यको स्वर रहेको उत्त गीतमा शब्द चक्र बमकै छ। गायक तथा संगीतकार नरेन्द्रराज रेग्मीको रहेको म्युजिकमा चक्र बमले पुनः म्युजिक सिर्जना गरेका छन् ।

गीतको म्युजिक भिडियो फिचर्डमा चक्र बम, लक्ष्मी आचार्य र करिश्मा बिक रहेका छन् । भने एरेन्ज करिश्मा बिक र अडियो मिक्स श्यामस्वत रसाइलीले गरेका छन् ।

म्युजिक भिडियोको सम्पादन प्रबिन भट्टले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन चक्र बमले नै गरेका छन्  । म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। पछिल्लो समय गायक चक्र बमका गितलाई श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् । उनको ओई काजल युट्युबमा डेढ करोड भन्दाबढि पटक दर्शकले हेरिसकेका छन् । भने पश्चिममा लोकप्रिय भन साली तेरि दिदी काँ छ, देउडा गितको फ्युजनमा रहेको नयाँ गित भन साली पनि दर्शकले अत्यधिक रुचाउने गायक चक्र बमले बिश्वास गरेका छन् ।

जनाअवजको टिप्पणीहरू