धनगढीमा सुबिधा सम्पन्न केजि हस्पिटल संचालनमा

बोलन्या थली | ८ पुष २०७७, बुधबार
धनगढीमा सुबिधा सम्पन्न केजि हस्पिटल संचालनमा

धनगढी ।धनगढीमा सुबिधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ । धनगढीको चौराहा नजिकै विशेषज्ञ सेवासहित केजि हस्पिटल संचालनमा आएको हो ।

आधुनिक उपकरण सहित बिसिष्ट विशेषज्ञ सेवा र दक्ष चिकित्सकको ब्यवस्था सहित केजि हस्पिटल संचालनमा ल्याउन लागेको हस्पिटलका अध्यक्ष दिल बहादुर कठायतले बताए ।

केजि हस्पिटलले गुणस्तरीय सेबालाई मध्ये नजर राख्दै स्त्रीरोग तथा प्रसुती विशेषज्ञ सेवा, हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ सेवा, नवजात शिशु, बालरोग विशेषज्ञ सेवा, मानसिक तथा नसा रोग सेवा, जनरल, ल्याब्रोस्कोपि तथा ईन्डो सर्जरी सेवा, छाला, यौन रोग तथा सौन्दर्य सेवा र रेडियो डाइग्नोसिस तथा इमेजिङ सेवा रहने अध्यक्ष कठायतले बताए  ।

यस्तै बिधुतिय प्रणालीबाट टाउकोको पनि उपचार गरिने उनले बताए । केहि दिनमा हस्पिटलको उद्घाटन हुने भएपनी सेवा भने सुरु भइसकेको बताए ।

जनाअवजको टिप्पणीहरू