कैलालीमा १ लाख ३८ हजार बराबरको अवैध सामान बरामद
बोलन्या थली |
८ पुष २०७७, बुधबार
कैलाली । कैलाली प्रहरीले १ लाख ३८ हजार बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त सामान सोमबार बरामद गरेको हो ।
बिभिन्न मितिमा चोरी पैठारी गरी ल्याई बेवारिसे अबस्थामा राखिएका खाद्याान्न, लत्ताकपडा, ईलेक्ट्रोनिक, भाडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं। प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए । उक्त सामान आवश्यक कार्वाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको उनले बताए ।