मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह काठमाडौँ जाँदै
बोलन्या थली |
६ पुष २०७७, सोमबार
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह काठमाडौँ जाने भएका छन् ।
भोलि हुने भनिएको केन्द्रीय कमिटिको बैठकमा भाग लिन मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह काठमाडौँ जान लागेका हुन् । मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह केन्द्रीय सदस्य हुन् । भट्ट प्रदेशमा दलको नेता र शाह उपनेता हुन् ।
सङ्घीय संसद् विघटन पछि दलका नेता र उपनेता काठमाडौँ पुग्दा प्रदेश सरकारको विषयमा पनि चर्चा सुरु हुन थालेको छ । हाल दुवै जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।
केन्द्रीय कमिटिको बैठक भन्दा पहिले दुवैले नेकपाका अध्यक्ष पुष्प कमल दालाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।