राप्रपाद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

बोलन्या थली | २ पुष २०७७, बिहीबार
राप्रपाद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणअन्तर्गत संघर्षका कार्यक्रम घोषणा गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घोषित संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने जनाइएको छ ।

पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ राप्रपाले जनाएको छ ।पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि जनाइएको छ ।केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको राप्रपाले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू