धनगढी–उपमहानगरपालिकाले गरिबको उठिबास लगायो !
कैलाली। कैलालीको धनगढी उप–महानगरपालीकाले वडा नम्बर १ कैलाली पुल नजिकै १२ बर्षदेखि बस्दै आएको एक परिवारको बिचल्ली पारेको छ । ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएको एक परिवारको उप–महानगरपालीकाले डोजर लगायर टहरा भत्काएको हो ।
उप–महानगरपालीकाले टहरो भत्किएपछि तीन छोरा, श्रीमती र नातिनी सहित बसेका पदम बहादुर बोहोराको परिवार अहिले खुला आकाशमा बस्न बाध्य भएको छ ।उपमहानगरपालीकाले टहरा भत्काई सकेपछि आफुहरुको ब्यावस्थापन गर्छु भने पनि करिब ४ दिन सम्म आफुहरु खूल्ला आकास मुनी बस्न बाध्य भएको पिडीत पदम बहादुर बोहोराले बताए ।
अतिक्रमण गरि धनगढीमा ठुलाठुला संरचना बनाइएका भएपनि उपमहानगरपालिकाले गरिब भएकै कारण आफुमाथि राजनितिक चलखेल गरि हट्न लगाएको पिडितको आरोप छ । तर उपमहानगरपालिकाले भने कानुन विपरित सरकारी जग्गा अतिक्रमण गरि बसेका सबैलाई हटाउने कार्यक्रम रहे अनुसार उनहरुलाई अर्को ठाउ सर्न भनिएको दावी गरेको छ ।