बोलन्या थलीका अभियान निरन्तर अगाडि बढ्दै : संयोजक जोशी

बोलन्या थली | २४ मंसिर २०७७, बुधबार
बोलन्या थलीका अभियान निरन्तर अगाडि बढ्दै : संयोजक जोशी

डडेल्धुरा । बोलन्या थलीका अभियान निरन्तर चलेको जनाएको छ । बुधवार बोलन्या थली डडेल्धुरा युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलननमा बोल्दै बोलन्या थलीका संयोजक यादव जोशीले पश्चिम सेती निमार्णको माग गर्दै माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सपनाका ७५० डोका आन्दोलन सङ्गीत सङ्घर्ष कार्यक्रम लगायतका आन्दोलन गरिसकेको बताए ।

उनका अनुसार अहिले पनि सुदूरपश्चिम प्रदेशबाट एक लाख पत्र संकलन अभियान जारी रहेको जानकारी दिए । यस्तै बोलन्या थलीका कानुनी सल्लाहकार बिष्णु भट्टले पश्चिम सेती सरकार बाट जहिले नि हेपिने र सुदूरका जनतालाई धोका मात्र दिने गर्दै आएकोमा यसलाई यहाँका नेताहरुले जोड दिनु जरुरी रहेको र यो मुद्वालाई सबैले अगाडि बढाउनु पर्ने बताए ।

जनाअवजको टिप्पणीहरू