बुबाको पुण्यतिथीमा दीपेन्द्र बिष्टले सेभ हाउसका ७ अनाथ बालबालिकालाई जाडो लुगा सहयोग

बोलन्या थली | २२ मंसिर २०७७, सोमबार
बुबाको पुण्यतिथीमा दीपेन्द्र बिष्टले सेभ हाउसका ७ अनाथ बालबालिकालाई जाडो लुगा सहयोग

धनगढी : डडेल्धुराको नवदुर्गा गाउपालिका ३ चेल्पि घर भई हाल अमेरिकामा रहनु भएका दीपेन्द्र बिष्टले कैलालीको अत्तरियामा रहेको समता स्कुलमा निशुल्क अध्ययनरत महिला तथा बालबालिका सेभ हाउसका अनाथ बालबालिकालाई जाडो लुगा सहयोग गरेका छन् ।

बोलन्या थलीको सहकार्यमा बिष्टले आफ्ना स्वर्गिय बुवा धनबहादुर बिष्टको ४५ औं दिनको पुण्यतिथीमा सेभ समता स्कुल निशुल्क अध्ययनरत महिला तथा बालबालिका सेभ हाउसका ७ अनाथ  बालबालिकालाई जाडो लुगा सहयोग गरेका हुन्  ।

उनले समता स्कुलमा निशुल्क अध्ययनरत सेभ हाउसका ७ अनाथ बालबालिकालाई प्रती २ जोडा जाडो लुगा सहयोग गरेका छन् । यस्तै अत्तरिया मै रहेको सेभ हाउसमा रहेका बालबालिकालाई बोलन्या थलीमार्फत फलफूल बितरण गरेको छ ।

बुबाको पुण्यतिथीमा अनाथ बालबालिका र आर्थिक स्थिति कमजोर भएका छोराछोरीलाई एक सय रुपैयाँ अध्ययन गराई रहेको समता स्कुललाई सहयोग गर्न पाएकोमा आफु रहेको जानकारी दिए ।

देशभर समता स्कुलले आर्थिक स्थिती कमजोर भएका परिवारलाई मध्ये नजर राख्दै मार्सिक शुल्क एक सयमा गुणस्तरीय शिक्षा दिईरहेको छ भने सेभ हाउसले अनाथ, अशक्त,असाय बालबालिकालाई आश्रति  गर्दै आएको छ ।

जनाअवजको टिप्पणीहरू