ढुङ्गाडमा जोशीको गर्जन, “लडाकु दस्ता तयार पार्न नपरोस” !

बोलन्या थली | २२ मंसिर २०७७, सोमबार
ढुङ्गाडमा जोशीको गर्जन, “लडाकु दस्ता तयार पार्न नपरोस” !

धनगढी । पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीले सोमबार “डोटीका सपनाका ७५० डोका” आन्दोलन गरेको छ । ७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुङ्गाडमा ७५० वटा डोकाको आन्दोलन गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

No description available.

आश्वासनका २८ वष’ पश्चिम सेती कहिले बन्छ ? ‘मृत सपना जिन्दा गर’ पश्चिम सेति लागु गर । ‘सरकार बनाउछौँ मात्र भन्छ, ‘पश्चिम सेती कहिले बन्छ’ सहितका नारा सहित ७५० डोकाको आन्दोलन गरेको हो, जोशीले भने, ‘हामीले गरेका आन्दोलनबाट सरकार पश्चिम सेती निमार्णका लागी तत्काल निमार्ण प्रकृया अगाढी नबढाए लडाकु दस्ता जस्ता तयार पारेर संर्घष गर्छौ’ ।

No description available.

सरकारले बनाउछौँ -बनाउछौँ भन्ने आश्वासन मात्र दिदै आएकोले अब पनि राज्यले पश्चिमसेती निमार्ण नगरे लडाकु दस्ता जस्ता तयार पारेर संर्घष गर्ने चेतावनी समेत दिएका छन् ।यसअघि पनि पश्चिम सेती जलविद्युत निर्माणका लागि डोटीको दिपायलस्थित सेती पुलमाथि ७५० ओटा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको थियो । पश्चिम सेती निर्माणको लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलनसमेत गरिरहेको र ७५० डोकामै १ लाख चिठ्ठी संकलन गरेर सरकारलाई बुझाउने थलीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू