नवदुर्गाका जनप्रतिनिधीले लेखे पश्चिम सेतिबारे प्रधानमन्त्री ओलीलाई पत्र ।

बोलन्या थली | २० मंसिर २०७७, शनिबार
नवदुर्गाका जनप्रतिनिधीले लेखे पश्चिम सेतिबारे प्रधानमन्त्री ओलीलाई पत्र ।

डडेल्धुरा – डडेल्धुराकाे नवदुर्गा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका छन । २८ बर्ष देखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरबको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागी बाेलन्या थलीले प्रधानमन्त्रीलाई बुझाउने १ लाख पत्र अभियान अन्तर्गत सबै जनप्रतिनिधिले अभियानलाई समर्थन गर्दै पत्र लेखेका हुन ।
बोलन्या थलीको यो अभियानमा डडेल्धुराकाे नवदुर्गा गाउँपालिकाका सबै जनप्रतिनिधिले पत्र लेखेका हुन ।
बोलन्या थलीले सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ ।
बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आईरहेको मंच हो । बोलन्या थलीले यसै २२ गते डोटीमा डोका जुलुस गर्ने थलीका संयोजक यादब जोशीले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू