पश्‍चिम सेती निर्माणका लागि बोलन्या थलीले ७५० डोकासहित आन्दोलन गर्दै

बोलन्या थली | २० मंसिर २०७७, शनिबार
पश्‍चिम सेती निर्माणका लागि  बोलन्या थलीले  ७५० डोकासहित आन्दोलन गर्दै

धनगढी । पश्‍चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीले सोमबार “डोटीका सपनाका ७५० डोका” आन्दोलन गर्ने भएको छ । ७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप ढुङ्गाडमा ७५० ओटा डोकाको आन्दोलन गर्ने बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

‘आश्वासनका २८ वष’ पश्चिम सेती कहिले बन्छ ? ‘मृत सपना जिन्दा गर’ पश्चिम सेति लागु गर । ‘सरकार बनाउछौँ मात्र भन्छ, ‘पश्चिम सेती कहिले बन्छ’ सहितका नारा सहित ७५० डोकाको आन्दोलन हुने संयोजक जोशीको भनाई छ ।

यसअघि पनि पश्‍चिम सेती जलविद्युत निर्माणका लागि डोटीको दिपायलस्थित सेती पुलमाथि ७५० ओटा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको थियो । पश्चिम सेती निर्माणको लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलनसमेत गरिरहेको र ७५० डोकामै १ लाख चिठ्ठी संकलन गरेर सरकारलाई बुझाउने थलीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू