बोलन्या थलीद्वारा नि:शुल्क रुपमा पुस्तक पढ्न पढन्या थलीको सुरुवात
धनगढी : बोलन्या थलीले पढन्या थलीको सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशमा सामाजिक कार्यमा सकृय रहेको बोलन्या थलीले निःशुल्क रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय चर्चित लेखकका पुस्तक पढ्न पढन्या थली सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय सामाजिक सन्जाल,सडक अन्य कार्यक्रमा युवाहरु आफ्नो स्वःविवेक भन्दा पनि व्यतिm, पार्टी हरेर प्रतिकृया दिने गरेकोले सामाजिक मुद्धा कमजोर हुदै गएको भन्दै पढन्या थलीमा निःशुल्क पुस्तक पढेर आर्थिक,सामाजिक,सांस्कृतिक र राजनैतिक रुपान्तरणका लागी बोलन्या थलील पढन्या थलीको सुरुवात गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
यस्तै पढन्या थलीको संयोजकमा सामाजिक कार्यमा सक्रिय युवा आदित्य जोशीलाई नियुक्त गरिएको छ । चेतनशिल समाज बनाउन एक सचेत नागरिक बन्नु जरुरी रहेको र त्यसका लागी आदर्श व्यक्तिका पुस्तक अध्ययनको खाँचो रहेको पढन्या थलीका संयोजक आदित्य जोशीले बताए । आर्थिकस्थिती कमजोर भएका व्यक्तिले चाहेका धेरै पुस्तक पढ्न असहज हुन सक्छ । ती नागरिकले आर्थिकस्थिती कमजोरकै कारण पुस्तक पढेनबाट वन्चित नहुन भन्ने उद्देश्य रहेले यो अभियान थालिएको संयोजक जोशीले बताए ।
बोलन्या थलीले पश्चिम सेति परियोजना निमार्णका लागी दबाब दिन जनस्तरमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।