पश्चिम सेती निमार्णका लागि सुदूरपश्चिमका स्थानीय तहहरूले समर्थन जनाउदै
धनगढी । पश्चिम सेती निमार्णका लागी स्थानीय तहहरू पनि जुट्न थालेका छन् ।पश्चिम सेती निमार्णका लागि बोलन्या थलीले गर्दै आएको अभियानमा सुदूरपश्चिमका स्थानीय तरुले समर्थन जनाउनका छन् । आज बोलन्या थलीको सेटमा बोल्दै डोटी जिल्लाको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल र आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले सो अभियानमा समर्थन जनाएका हुन् । डोटी जिल्लाको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेले पश्चिम सेती बन्नमा आफूहरू विश्वस्त रहेकोले यसलाई अभियानको रुपमा लैजानुपर्ने बताएका हुन । उनले राज्यले पश्चिम सेती निमार्णमा फेरि पनि व्यवस्था गरे सुदूरपश्चिमवासी फेरि आन्दोलनमा उत्रिन बाध्य हुने बताए । उनले पश्चिम सेती निमार्णका लागी सरकारले यसका कार्यलाई तत्काल सम्बोधन गर्नुपर्ने र सरकारलाई दबाब दिन सबैले एकजुट हुनुपर्ने उनको भनाई छ ।
यस्तै आजनै बोलन्या थलीको सेटमै बोल्दै आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले पनि सो अभियानमा समर्थन जनाएका छन् । सरकारले पश्चिम सेती निमार्णका लागी आश्वासन मात्रै दिँदै आएको छ । यसरी सरकारले खाली जनतालाई आश्वासन दिनु भन्दा पनि निमार्ण गरेर देखाउन जरुरी रहेको धेरैको भनाई छ । आदर्श गाउँपालिकाका अध्यक्ष रोकायाले पश्चिम सेती निमार्णका लागी स्थानीय तहबाट गर्ने जे जति सहयोग चाहिन्छ, आफुहरु तयार रहेकोले सरकारले सेती निमाण गर्न पछि नहट्न समेत उनले आग्रह गरे ।यसले सुदूरपश्चिमको मात्रै विकास नभई समग्र नेपालको समेत विकास हुने भएकाले तिनै तहको सरका एकजुट हुनुपर्ने उनले बताए ।
पश्चिम सेती निमार्णका लागी दबाब दिन बोलन्या थलीले काठमाण्डौँको माइतीघर मण्डलामा कचौरा लिएर प्रदर्शन गरिएको थियो । यस्तै बोलन्या थलिकै आयोजनामा सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रमसमेत भइसकेको छ भने डोटीमा दिउसै ७५० टुक्की बालेर समेत सरकारको ध्यानाकर्षण गरेको छ । पश्चिम सेती निर्माणको लागी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलन गरिरहेको बोल्या थलीका संयोजक यादब जोशीले बताए । मंसिर २२ गते डोटीमा ७५० डोकासहित पर्दशन गर्ने कार्यक्रम रहेको उनले बताए ।