धनगढी चटकपुरमा १ जना झुण्डिएको अवस्थामा मृत भेटिए


धनगढी । धनगढीको चटकपुरमा १ जना झुण्डिएको अवस्थामा मृत भेटिएका छन।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा अन्दाजी १८ वर्षीय दीपक राना मृत अवस्थामा फेला परेका हुन ।
चटकपुरस्थित राना टोलका उनी रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।