धनगढीको नोभा हस्पिटलले माग्यो १० जना स्टाफ नर्स

बोलन्या थली | १३ मंसिर २०७७, शनिबार
धनगढीको नोभा हस्पिटलले माग्यो १० जना स्टाफ नर्स

धनगढी : धनगढीमा रहेको नोभा हस्पिटलले १० जना स्टाफ नर्स माग गरेको छ । आईसियु र एनआईसियु सन्चालनका लागि १० जना स्टाफ नर्सको माग रहेको हस्पिटलले जनाएको छ ।

सो पदका लागि योग्य पुगेकाले हस्तलिखित निवेदनसहित बायोडाटा,शैक्षिक प्रमाणपत्र,नागरिताको फोटोकपी,अनुभवको प्रमाणपत्र र पासपोर्ट साइजको २ फोटो मंसिर २३ गतेसम्म हस्पिटलको प्रशासनमा निवेदन गर्न अनुरोध गरेको छ ।

नोभा हस्पिटलले सबै सुविधा एकै छाना मुनी दिने लक्ष्यका साथ थप सेवा संचालन गर्दै आएको अस्पतालले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू