बैतडीका १९ बर्षिय क्यान्सरपिडित अनिल आर्थिक अभावमा ओछ्यानको छटपटाईमा
बैतडी ः बैतडीको मेलौली नगरपालिका ९ का १९ बर्षिय क्यान्सर पिडित अनिल चन्द आर्थिक अभावका कारण ओछ्यानमा छटपटाई रहेका छन् । विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसीत अनिल परिवारको आर्थिकस्थिती कमजोरकै कारण कष्टकर जीवन निर्वाह गर्न बाध्य भएका हुन् ।
डेढ बर्षअघि उनको बाँया हातमा देखिएको सानो फोका पछि विस्तारै सुनिदै गएपछि भारतमा उपचार गराउदाँ क्यान्सर भएको थाहा भएको थियो । ‘सुरुमा बाँया हातमा सानो फोका देखिएको थियो । परिवारमा सामान्य जस्तो लाग्यो । पछि विस्तारै झन्झन् हात सुनिदै गयो ।’ दाई जोगेन्द्रले भने, ‘उपचार गराउन भत्तपुर क्यान्सर अस्पताल चितवनमा चेकजाँच गराउदाँ केही पनि देखिएन् । गाँउको आर्थिक सहयोगमा छ महिनापछि भारतको मोहन डाई क्यान्सर हस्पिटल पञ्जाबमा उपचार गराउदाँ क्यान्सर भएको थाहा भयो ।’
गाँउको सहयोग र भारतमा नेपाली प्रवासिको सहयोगमा भारतको मोहन डाई क्यान्सर हस्पिटल पञ्जाबमा उनको बाँया हातको अप्रेशन गरे । तर आर्थिक अवस्था कमजोरकै कारण त्यति बेला अप्रेशनपछि कोमा चढाउन नसकेपछि परिवारले घरमा ल्याए । फेरी अहिले आएर त्यही हातमा क्यान्सर को समस्या देखिएको छ । क्यान्सर पिडित चन्द परिवार आर्थिक सहयोगका लागी गुहार्दै छन् । पहिलो,दोस्रो चरणको क्यान्सर निको प्रवल सम्भावना हुने गर्दछ । त्यहि आशमा परिवार आर्थिक सहयोगका लागि अपिल गर्दै काठमाण्डौमा अनिल बचाउ अभियान सुरु गरेका छन् । अनिल चन्दको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं । सम्पर्क रण बहादुर चन्द (बुवा) सम्पर्क नं ९८६५६३८१९६, दाई जोगेन्द्र चन्द ९८४०३४८१११ रहेको छ ।