गन्यापधुरा गाउपालिकाले मंसिर १५ बाट विद्यालयको पठनपाठन सुचारु गर्ने

बोलन्या थली | ७ मंसिर २०७७, आईतवार
गन्यापधुरा गाउपालिकाले मंसिर १५ बाट विद्यालयको पठनपाठन सुचारु गर्ने

धनगढी : डडेल्धुराको गन्यापधुरा गाउपालिकाले विद्यालयको पठनपाठन संचालन गर्ने भएको छ।

कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका गाउपालिकाका सम्पूर्ण विद्यालय मंसिर १५ देखि बन्द भएका विद्यालय संचालन गर्ने भएको हो ।

असोज महिनामा गाउँ शिक्षा समिति र गाउँपालिका बैठकले गरेको निर्णय केही कारणले रोकिएको कार्यान्वयन मंसिर १५ बाट स्वास्थ्य मापदण्ड लागू गर्ने गरि आईतवार शुरु गरिने गाउपालिकका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए ।

सरकारले कोरोनाको जोखिम बढेपछि विद्यालय बन्द गरेको थियो । आठ महिना पछि सरकारले स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालय सञ्चालन गर्न केही दिनअघि  स्थानीय सरकारलाई अनुमति दिएको थियो ।

जनाअवजको टिप्पणीहरू