बोलन्या थली बाजुरा युनिटीद्वारा ९ बर्षिय असाहय बालकको उद्धार


धनगढी: बोलन्या थली बाजुरा युनिटीले एक असाहय बालकको उद्धार गरेको छ । बाजुराको बुढीगंगा नगरपालिका–१० का ९ वर्षीय हिमाल विकलाई उद्धार गरि कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको जिम्मा लगाएको हो ।

अभिभावक बिहिन बनेका बिक बाजुरामा गिट्टी कुटेर जिविकोपार्जन गर्दै आएका उनलाई बोलन्या थलीका बाजुरा यूनिट सह–संयोजक पारस रावलले बजुराबाट उद्वार गरि बालकलाई धनगढी पुर्याएका थिए ।
आइतबार बालक विकलाई बोलन्या थलीको अभिभावकत्वमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको जिम्मा लगाएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
बोलन्या थली सुदूरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आइरहेको छ । बोलन्या थलीले यसअघि पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसद, कांग्रस सभापति शेरबहादुर देउवासँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ ।
यस्तै पश्चिम सेती निर्माणका लागि दबाव दिन दिउँसै टुकी बालेर प्रदर्शन र प्रधानमन्त्रीलाई १ लाख पत्र संकलन कार्य समेत गरेको थियो ।