कैलाली महिला नेतृ निताद्वारा मृगौला पीडित बसन्तीलाई ३० हजार हस्तान्तरण

बोलन्या थली | ६ मंसिर २०७७, शनिबार
कैलाली महिला नेतृ निताद्वारा मृगौला पीडित बसन्तीलाई ३० हजार हस्तान्तरण

धनगढी – धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँका बुबा दिल बहादुर ढाँटकी १९ बर्षिया मृगौला पीडित छोरी बसन्ती कुमारी ढाँटको उपचारका लागि  आर्थिक सहयोग गरेको छ । ट्रेड युनियन काग्रेंस महिला समिति कैलालीकी अध्यक्ष निता खत्रीले मृगौला पिडित बसन्ती बचाऊ अभियानमार्फत संकलन गरिएको ३० हजार पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

चार छोरी र एक श्रीमती रहेको दिल बहादुरको परिवारमा साईली छोरी बसन्तीको बायाँ मृगौला खराब भएपछि उपचारका लागि आर्थिक संकट परेको उत्त परिवारलाई मानविय सहयोग रुप बसन्ती बचाऊ अभियान चलाएर संकलन रकम हस्तान्तरण गरेको खत्री बताइन् ।

धनगढीका अस्पतालमा रहेका अस्पतालमा उपचार नहुन सकेपछि परिवारले उपचारका लागि काठमाडौमा लगिएको थियो । थप उपचारका लागि बसन्तीलाई शनिबार काठमाण्डौ लगिएको हो । कोरोनाको महामारीले छोरीको उपचार गराउन रोकिएको थियोे भने डाक्टरले छिटोमा दशैपछि  र ढिलोमा तिहार लग्तै आउनु भनी उनहरुलाई  घर पठाएको थियो ।

जनाअवजको टिप्पणीहरू