सेती अस्पतालबाट कुरुवाको नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

बोलन्या थली | ५ मंसिर २०७७, शुक्रबार
सेती अस्पतालबाट कुरुवाको  नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

सेती प्रादेशिक अस्पतालबाट बिरामी कुरुवाको आवश्यक कागजात , नगद ३५ हजार सहित ३ वटा मोबाइल चोरी भएको छ । अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको झोलाबाट नगद ३५ हजार सहित ३ वटा मोबाइल, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स लगायतका सामान चोरी भएको हो ।

मंसिर ३ गते राती छोरीको उपचारका लागि एनआइसियु वार्डमा रहेका बेला आफ्नो २ र दिदीको १ मोबाइल, नगद र पर्स चोरी भएको बमले बताइन् । ‘बिहिवार राती म बिरामीलाई कुर्न गएको थिए’ बमले भनिन्’ ‘राती एक बजे दिदी र म निदाईसकेको थिए,पछि दुई बजे उठ्दा झोला नै भेटिन् ।’

यसरी रातारात समान चोरी हुदाँ अस्पतालको व्यवस्थापनमा लापरबाही रहेको आरोप समेत लगाईन् । अस्पतालमा सिसीक्यामरा भने जडान गरिएका छन् तर ति सिसीक्यामरा प्रयोग बिहिन हुदाँ अस्पताल व्यवस्थापनको कम्जोरी देखिएको उनको भनाई छ ।

उनले सामान चोरी भएको विषयमा अस्पताल प्रशासन र प्रहरीलाई सोही दिन जानकारी गराइसकेको भएपनि अहिले सम्म कुनै पत्ता नलागेको बताउँदै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दर्ता गरिएको बताइन् ।

जनाअवजको टिप्पणीहरू