राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै धनगढी- अत्तरियामा हजारौं संख्यामा युवा सडकमा

बोलन्या थली | ४ मंसिर २०७७, बिहीबार
राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै धनगढी- अत्तरियामा  हजारौं संख्यामा युवा सडकमा

धनगढी : राष्ट्रिय एकताका लागी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै आज धनगढी- अत्तरिया मोटरसाइकल र्याली सुरु भएको छ ।

दिउसो सयौं संख्यामा युवाहरु र्यालीमा सहभागी भएका छन् । पार्टी होईन देशको झण्डा बोकिन्छ ,देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराका साथ धनगढीदेखि अत्तरिया चोक सम्म बृहत मोटरसाइकल र्यालीसहित जुलुसको आयोजना गरिएको संयोजक रबिन्द्र कार्की ‘डब्बु’ ले जानकारी दिए ।

सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजन
गरेको उत्त र्यालीमा राष्ट्रिय झण्डा सहित धनगढी देखि अत्तरियादेखीसम्म ठाउँ ठाउँबाट सहभागी भएका छन् ।

जनाअवजको टिप्पणीहरू