‘राजा ल्याऊ देश बचाऊ’ भन्दै आज धनगढीमा प्रदर्शन हुने

बोलन्या थली | ४ मंसिर २०७७, बिहीबार
‘राजा ल्याऊ देश बचाऊ’ भन्दै आज धनगढीमा प्रदर्शन हुने

धनगढी । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आज धनगढीमा प्रदर्शन गरिने भएको छ ।पार्टी होईन देशको झण्डा बोकिन्छ ,देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराका साथ धनगढीदेखि अत्तरिया चोक सम्म बृहत मोटरसाइकल र्यालीसहित जुलुसको आयोजना गरिने भएको हो।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताए ।  

हिन्दु राष्ट्र पुनर्स्थापना, सङ्घीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना आफूहरूको प्रमुख माग रहेको उनको भनाइ छ । आज अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू